झापा  / वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ। 

आफूभन्दा साना जुनियर विद्यार्थीमाथि छात्रवासमा ¥यागिङ गरेको आरोपमा कलेजले एक सुचना जारी गर्दै निष्कासन गरेको जानकारी दिएको हो ।

OM Sai Pathibhara Hospital

कलेजको अनुसार असोज ९ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि निष्कासन गरिएको हो । निष्कासित हुनेमा विद्यार्थीहरुमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीतकुमरा गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव छन्।