एजेन्सी  / पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरूमा डेङ्गुको ज्वरोले धेरै मानिस बिरामी परेका हुन् ।  

सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । सिन्ध प्रान्तमा मात्र गएको २४ घन्टा तीन सय २३ जनालाई डेङ्गु संक्रमण पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ ।
कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । 

सेप्टेम्बर महिनामा मात्र सिन्धमा करिब चार हजार जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसम्म छ हजार जना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार बाढी प्रभावित भएर घरबारविहीन हुन पुगेका नागरिकमा यस्तो प्रकोप देखिएको पाइएको समाचारमा जनाइएको छ ।यहाँको खैबर पाक्थुन्क्वामा पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।