झापा / नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

OM Sai Pathibhara Hospital

साथै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ भने पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन्।