काठमाडौँ / काठमाडौँको बूढानीलकण्ठ नगरपालिका- ८ भंगालस्थित निर्माणाधीन घरमा एकजना महिला मृत फेला परेकी छन् । निर्माणको काम गर्ने ती महिला त्यही नगरपालिका- ३ मा बस्दै आएकी ४१ वर्षीया फूलमाया सुनार काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बुधबार निर्माणाधीन घरको भुइँ तलामा मृत अवस्थामा फेला परेको एसपी मैनालीले बताए । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन् ।