बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १२ बखरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय सुनिता चौधरी माझी रहेको प्रहरीले जनाएको छ ।

बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको  सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।