काठमाडौं  / भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्ट महिनामा नेपाल आउने भएका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् ।

OM Sai Pathibhara Hospital

यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् । पाण्डे आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको बताइएको छ ।

सोमबार मात्र भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्माले भारतीय सेना प्रमुखसँग छलफल गरेका थिए । सोमबार ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका थिए ।