मिति २०७९।०२।१२ गते अन्दाजी २०:३० वजेको समयमा जिल्ला झापा दमक न.पा.वडा नं. ६ नमुना मार्केट स्थित मे ३ प ८७५७ नं. को मोटरसाईकल चालकले प्रतिबन्धित लागु औषध ब्राउन सुगर विक्री वितरण गरिरहेको अबस्थामा  गोप्य सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय दमकबाट खटी गएको प्रहरी टोलीले उक्त मोटरसाईकल सहित किशोर काफ्ले नामथर बताउने पुरुष  लाई इलाका प्रहरी दमकले पक्राउ गरेको छ।