काठमाडौं / सरकारले लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बराहक्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षण समेटी बृहत् धार्मिक सांस्कृतिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने बताएकी छिन् ।