बिर्तामोड / स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालीकामा आज आइतबारबाट उम्मेदवारी दर्ता सुरु भएको छ  । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी दर्ताको समय तोकेपछि देशभरकै पालिकाबाट उम्मेदवार बन्न चाहनेहरूले उम्मेदवारी दिन थालेका हुन् । 

स्थानीय सरकारको निर्वाचन अधिकृत कार्यालय मार्फत् बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने आयोगले जनाएको छ । 

OM Sai Pathibhara Hospital

तर मनोनयन पत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुवैलाई चाप धेरै पर्ने गरेकोले दुई दिनको समय तोकिएको सहसचिव एवं निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

भोलिसम्म बेलुका  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुने समेत बताएको छ । त्यस्तै ,वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समेत आयोगले जनाएको छ । 

वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन , वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने लगायतका कार्यक्रम रहेको आयोगले जनाएको छ ।