बिर्तामोड /  निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ । सम्मेलन आज दिउँसो ४ बजे गर्ने आयोगले जनाएको छ । 

आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

शर्माका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने छ । 

स्थानीय तहमा धेरैले उम्मेदवारी दिने भएकाले भिडभाड कम गर्न दुई दिनको समय उपलब्ध गराउने निर्णय भएको पौडेलले जानकारी दिए।

त्यस्तै वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ। 

वैशाख १५ मा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। वैशाख १६ मा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।