झापा /  नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा जित हासिल गरे सामुदायिक शिक्षालाई गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाउने घोषणा गरेको छ । 

शुक्रबार स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै एमालेले गुणवान र सक्षम नागरिक तयार गर्न भन्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाउने घोषणा गरेको हो ।  

OM Sai Pathibhara Hospital

त्यस्तै एमालेले घोषणापत्रमा स्वास्थ्य, खानेपानी र सरसफाइ, उर्जाको विषयलाई समेत प्रमुखताका साथ समेटेको छ ।

विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने समेत एमालेले जोड दिएको छ । यस्तै कृषिलाई पाँचौं प्राथमिकताको रुपमा घोषणापत्रमा समेटेको छ ।

त्यसैगरी यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिकीकरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय क्रमशः एमालेको प्रमुख योजनाको रुपमा घोषणापत्रमा उल्लेख छ ।

एमालेले शुक्रबार नेपाल कम्युनिस्ट दिवसको अवसर पारेर १७ बुँदे कार्यक्रमसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । जहाँ उद्यमशीलता, रोजगारी, कला, संस्कृति लगायत विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।