बिर्तामोड / नेपाल सरकारका उपसचिव विष्णु प्रसाद भुसालले आज (शुक्रबार) पदबाट राजिनामा दिएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका हुन् । 

OM Sai Pathibhara Hospital

देवचुलीका सबै साथीहरूले स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न आग्रह गरेका कारण मेयर बन्न पदबाट राजिनामा दिएको भुसालले बताउका छन् । 

उनले आफू मेयर पदमा निर्वाचित भए २५ वर्षको जागिरे जीवनको अनुभवले देवचुलीलाई आउँदो पाँच वर्षमा सबैले हेर्न लायक बनाउने समेत प्रतिवद्धता गरेको छन् । 

भुसालले भने,  ‘मेरो २५ वर्षको जागिरे जीवनको अनुभवबाट देवचुलीलाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने प्रयास गर्ने छु ।’

देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार हुने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।