काठमाडौं / जसपाका तीन नेताले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसको अवसरमा जसपाका तीन सदस्यले जसपा त्यागेर माओवादी प्रवेश गरेका हुन् । 

जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा। अब्दुर रहिम मिकरानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।

OM Sai Pathibhara Hospital

पेरिसडाँडामा आयोजित कार्यक्रममा उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले स्वागत गरेका थिए ।