बिर्तामोड \ मधेश प्रदेशमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ जना ग्राहकको लाइन काटिएको छ ।
मधेश प्रदेशका ८ वटा जिल्ला स्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।
लामो समय सम्म विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटिएको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यलय जनकपुरका प्रमुख इ मुनिन्द्र ठाकुरले जनाएका छन् । लाइन कट्टा गरिएका मध्ये ९ हजार ७१४ जना ग्राहकले ४२ करोड ९२ लाख ३९ हजार १९० महसुल तिरेर पुन: लाइन जडान गरेको कार्यलय प्रमुख इ मुनिन्द्र ठाकुरले जानकारी दिए ।