सिन्धुपाल्चोक \ तातोपानी भन्सार नाकाबाट बुधबार २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ ।
तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमका अनुसार सिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।
बोलपत्र पाएपछि छ महिनाअघि सिल्कले पहिलो पटकमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । हिजो आएको मल आज राजधानी पठाइने गौतमले बताएका छन् ।
रासायनिक मलको अभाव सहँदै आएका नेपाली कृषकलाई यसले राहत दिने बताइएको छ । बाँकी रहेको आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको सिल्क मार्केटले जनाएको छ ।