बझाङ / बझाङमा बहिनीमाथि बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको प्रलोभन देखाएर बलात्कार भएको भन्दै आमाले उजुरी दिएपछि दाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन् ।
बालिकाको स्वास्थ्य परीक्षण गरिएको र हाल उनलाई घरमै राखिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।