धनुषा / व्रतालुहरूले आज (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् ।
देशभर व्रतालुहरूले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ । व्रतालुहरूले बुधबार रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गरेका थिए ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पूजा गरिन्छ ।






































