बिर्तामोड / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिले अरु वर्ष झै यस वर्ष पनि भाइटीकाको साइत सार्वजनिक गरेको हो । 

यस वर्ष भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।