बिर्तामोड / आज देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार ८७८ जनाको पीसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्। 

गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ९४९ पुगेको छ।