काठमाडौं । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२र८३ मा ११ हजार ४६८ मुद्दाको फैसला तथा फछ्र्योट गर्दै पुराना मुद्दा घटाउने अभियानमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

अदालतका अनुसार आर्थिक वर्षभर कुल १६ हजार १३९ मुद्दा लगतमा रहेकामा तीमध्ये ११ हजार ४६८ मुद्दा टुंगिएका छन्। यससँगै दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा फछ्र्योट भएको अदालतको दाबी छ।

मुख्य न्यायाधीश लालबहादुर कुँवरका अनुसार न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ महिनाभन्दा पुराना मुद्दासमेत शून्यमा झारिएको छ। हाल एक वर्षभन्दा बढी समयदेखि विचाराधीन ३५३ वटा मुद्दा मात्रै बाँकी छन्।

अदालतले विकास निर्माण र राजस्व असुलीसँग सम्बन्धित मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाइ गरिएको जनाएको छ। चालु आर्थिक वर्षको सुरुआतमै थप ७४० मुद्दा फछ्र्योट भइसकेको र एक वर्ष नाघेका थुनुवा मुद्दा १२ वटा मात्र बाँकी रहेको अदालतले जानकारी दिएको छ।