बिर्तामोड / मानिसमा आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या हो । आत्महत्या वा आत्महानीको सोच आइरहेका ब्यक्तिलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालले निशुल्क हेल्प लाइन नम्बर सन्चालन गरेको छ । 

यदि तपाइलाई मनमा गाह्रो महसुस भइरहेको छ, धेरै चिन्ता र तनाब सहन गाह्रो भएको छ र आफैँलाई चोट पुर्याउन वा दुख दिन मन लागेको छ  भने तपाइले हेल्प लाइन नम्बर ११६६मा फोन गर्न सक्नु हुनेछ । यस मार्फत तालिम प्राप्त मनोपरामर्शदाताले तपाईलाई त्यस्तै सोचबाट बाहिर निकाल्न मदत गर्ने उद्देश्यले हेल्प लाइन नम्बर सञ्चालनमा ल्याइएको हो । 

OM Sai Pathibhara Hospital

यस हेल्प लाइन नम्बरमा पूर्ण गोपनीयता हुने भएकाले आफ्नो मनमा भएका चिन्ता वा कुनैपनि तनावको बारेमा खुलेर कुरा गरेर मन हल्का बनाउन सक्नुहुनेछ । आत्महत्या तथा आत्महानिको सोच आउनु भनेको आफैँमा एउटा समस्या हो । यस्ता बारेमा कुराकानी गर्न र यस्तो सोचबाट बाहिर आउनको लागि फोन मार्फत मनोपरामर्शदाता संग सेवा लिन सक्नुहुनेछ । 

अहिले समाजमा दिन प्रतिदिन आत्महत्याका घटनाहरू बढ्दो क्रममा रहेको छ । जसको चाँडो भन्दा चाँडो रोकथाम गर्नु अत्यन्त जरुरी छ ।

यदि कसैलाई यस्ता प्रकारका समस्या भए, नजिकका साथीभाइ वा आफन्तमा आत्महत्याको जोखिम देखिन्छ भने नआत्तिन र संवेदन भएर नजिकैको मनोचिकित्सक वा मनोपरामर्शदाता संग सम्पर्क राख्न मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालले आग्रह समेत गरेको छ ।