बनियानी / झापाको कचनकवल –६ बनियानीको प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘सेवाका लागि युवा कास्की’ पोखराले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार ‘सेवाका लागि युवा कास्की’का अध्यक्ष अशिल कुमारी शाहीले २० लाख रुपैयाँ मूल्य बराबरको १ थान एक्स–रे मेसिन, १ थान भेन्टिलेटर उपकरण ,माक्स, सेनिटाईजरपिपिई बनियानी गाउँपालिका अध्यक्ष अञ्जरा आलमलाई हस्तान्तरण गरेकी छिन् ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य सामग्रीले स्वास्थ्य केन्द्रलाई ठुलो सहयोग पुगेको बताउँदै स्वास्थ्य केन्द्रका अध्यक्ष रबिन्द्र ओझाले सहयोग प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

गाउँपालिकाका अध्यक्षद्वारा प्राथमिक स्वास्थ्य केन्द्रको तर्फबाट सम्मान पत्र र खादा ओढाएर सेवाका लागि युवा संस्थाका अध्यक्ष तथा पदाधिकारीलाई सम्मान समेत गरिएको छ ।