बिर्तामोड / आज देशभर थप  एक हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना  पुगेको छ । 

OM Sai Pathibhara Hospital

अतिक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।