झापा// झापाका एक स्वास्थ्यकर्मीको गम्भीर त्रुटीका कारण भेरोसेलको दोेस्रो डोजको भ्याक्सिन लगाउन गएका एक वृद्धलाई एस्ट्राजेनेकाको भ्याक्सिन लगाइएको छ।

मेचीनगर–७ को खोप केन्द्रका स्वास्थ्यकर्मीले सोहि ठाउँका ६० बर्षीय लक्ष्मीप्रसाद कोइरालालाई उल्टो भ्याक्सिन लगाइदिएका हुन्। झापामा भदौ १५ गतेदेखि २२ गतेसम्म एस्ट्राजेनेकाको खोप अभियान चलिरहेको छ ।

OM Sai Pathibhara Hospital

गत साउन १३ गते भेरोसेलको पहिलो डोज लगाएका कोइराला सोमबार दोस्रो डोज लिन खोप केन्द्रमा पुगेका थिए।

कोइराला र उनकी श्रीमती भागिरथी कोइराला दुबैजना दोस्रो डोज लगाउन बाँकी थियो ।

कोइरालाले खोप लगाईसकेपछि उनले श्रीमतीलाई पनि खोप लगाउन पठाउँदा स्वास्थ्यकर्मीले खोप कार्ड हेरेर उक्त खोप लगाउन नमिल्ने जानकारी गराएका थिए।

एउटालाई मिल्ने अर्कोलाई नमिल्ने जवाफ स्वास्थ्यकर्मीबाट पाएपछि मात्र खोप लगाउने क्रममा स्वास्थ्यकर्मीबाट गम्भीर त्रुटी भएको कुरा सार्वजनिक भएको हो ।

दोस्रो डोजका रुपमा एस्ट्राजेनेका लगाउँदा समस्या नआउने मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताएका छन्। खोप लगाउने कोइरालाको अवस्था सामान्य रहेको छ।