बिर्तामोड / आज देशभर थप १ हजार ८९७ जनामा कोरोना संक्रपण पुष्टि भएको छ । 

देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ।

OM Sai Pathibhara Hospital

गत २४ घण्टामा १ अजार ७४३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ। 

आज देशभर थप २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।