बिर्तामोड / आज देशभर थप एक हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार आज देशभर एक हजार ५३४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।