धरान//धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछी स्थिति तनावग्रस्त भएको छ।

स्थानिय ३९ वर्षीय फूलमाया राईको उपचारको क्रममा  मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्त आन्दोलित भएका हुन् ।

OM Sai Pathibhara Hospital

शनिबार बिहान धरानकै मेयर तिलक राईसहित बसेर मृतका आफन्त र अस्पताल प्रशासनबीच सम्झौताको प्रयास गरे  तापनि सम्भव हुन नसकेको बताइएको छ।

शनिबार बिदाको दिन भएकाले थप वार्ता र छलफल हुन नसकेपछि एक प्रहरी अधिकारीले आइतबार बिहान ९ बजे अस्पताल प्रशासनसँग वार्ताको वातावरण तयार गरिने आश्वासन दिएका थिए।

सो पश्चात आन्दोलन स्थगित भएको बताइएको छ। 

यता मृतकका आफन्तले भने घटनाको  छानबिन गर्न माग गरेका छन् ।

यदि  चिकित्सक दोषी देखिए कडाभन्दा कडा कारबाही गरी पीडितले उचित क्षतिपूर्ती  पाउनु पर्नेमा मृतकका आफन्तले माग गरेका छन्।