बिर्तामोड /  आज देशभर थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७५३ पीसीआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ। कुल संक्रमितमध्ये ३१ हजार ८२६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार १९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ। 

हाल २९ हजार ६५८ जना होम आइसोलेसन र २ हजार १६८ जना संस्थागत आइसोलेसनमा छन्। २७४ जना क्वारेन्टाइन, ५५४ जना आइसीयू र १७२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।