लहान / अवैध रुपमा भारतबाट नेपाल भित्रिएको लाखौ मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ ।

OM Sai Pathibhara Hospital
भन्सार छली गरि भित्रिएको करिव ७५ लाख मूल्यको औषधी इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले बरामद गरेको हो ।

शनिवार बिहान लहान –१९ कटाहा चौकबाट औषधी बोकेको लु १ स ८००७ नम्बरको अटो चेकजाँचका क्रममा अवैध रुपमा भित्रिएको औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जानकारी गराएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दाहालले नियन्त्रणमा लिइएको अटोबाट  ३५ लाख ९३ हजार ९ सय २० रुपैयाँ मूल्य बराबरको रिकल–केटु–सेभेन  , २९ लाख ७२ हजार १ सय ६० रुपैंया मूल्य बराबरको ओइथोकल ट्याबलेट  र ९ लाख ९० हजार ७ सय २० रुपैयाँ बराबरको केयरकल ट्याब्लेट  बरामद भएको  जानकारी गराएका छन् ।

डीएसपी दाहालले आफू सवार प्रहरी भ्यानलाई देखेपछि अटोमा सवार भाग्न सफल भएको र उनीहरूको खोजी भइरहेको  बताएका छन् ।