विराटनगर / प्रदेश १ मा आज थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।