बिर्तामोड / देशभरका १९ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। पाँच  प्रदेशका १९ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ को ३ जिल्ला, बागमतीको ८, गण्डकीको ६, लुम्बिनीको एक र कर्णालीको एक वटा गरी जम्मा १९ ओटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

OM Sai Pathibhara Hospital

सक्रिय संक्रमित रहेका जिल्लाहरूमा प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट रहेको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ, लुम्बिनीको रूपन्देही र कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।