बिर्तामाेड / विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ । सङ्गठनले छाेटो समयमा नै नेपालले कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको भन्दै बधाइ दिएको हो । 

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले बधाई दिएका हुन् ।

OM Sai Pathibhara Hospital

हालसम्म ५४ लाख २५ हजार ८ सय ८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७ सय ९६ जनाले खोपको दुवै मात्रा लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।