बिर्तामोड / भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २५ हजार एक सय ८१ जना संक्रमण मुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ८९ हजार पाँच सय ८३ रहेको छ ।  

भारतमा पछिल्लो २४ घण्टामा पाँच सय नौ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ३९ हजार ५२९ पुगेको छ ।