काठमाडौँ / नेपालमा कुल जनसङ्ख्याको १५ प्रतिशतले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा जोनसन एण्ड जोनसन,कोभिशिल्ड,भेरोसेल,एस्ट्राजेनेकास्वीडिस एस्ट्राजेनेकाखोप प्रयोग भएका छन् । 

देशभर ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । प्रतिशतका हिसाबले पहिलो खोप लगाउनेको संख्या १८ र दुवै खोप लगाउनेको १५.४ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ । 

OM Sai Pathibhara Hospital

नेपालमा गत माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको थियो। नेपालले कूल जनसङ्ख्याको ७१‍.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७२३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ।
सरकारले असोज मसान्तसम्म खोप लगाउन योग्य नागरिकमध्ये १ तिहाइलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ। 

अहिलेसम्म नेपालले प्राप्त गरेको एक करोड ३३ लाख भन्दा बढी खोप मध्ये १ करोड ९२ हजार १६४ डोज खोप प्रयोग भइरहेको र थप खोप आउने क्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।