काठमाडौँ / स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णयबाट गरिएको चार जना स्वास्थ्य अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।

राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।   

OM Sai Pathibhara Hospital

सोमबार मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)बाट प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थियो ।

त्यसैगरी, सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा सरुवा गरिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो ।