सिमकोट
/ मुगु जिल्लाको खत्याडको नेटामा रहेको इन्टरनेट टावरमा आएको
खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
असार
मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम
नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय
अधिकृत लालप्रसाद ढकालले जानकारी दिएका छन् ।
गाउँपालिकामा
केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको
श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।
नेट
नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ ।
सालतमामीको समयमा इन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको भन्दै बैंकका पव बुढाले
अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनुपरेको जानकारी दिएका छन्
।
“हामीले
नगरी नहुने भुक्तानी र अन्य काम अदानचुलीको शाखाबाटै चलाएका छौँ”,
उनि भन्छन्, “अनलाइनबाट
सबै काम गर्नुपर्नेमा नेट नभएपछि पछिल्लो समय गाउँपालिका र बैंकलाई काम गर्न निकै
सकस भएको हो ।”