धनगढी / कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका –१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहार रहेका छन् ।
बुधबार राति लुहारलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लुहारले कुटपिट गरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।
छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको विवाद थियो भन्ने कुरा खुल्न सकेको छैन । कुटपिटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।
मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।