काठमाडौँ / प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम निर्वाचन आयोगले रद्द गरेको छ । 

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ । 

OM Sai Pathibhara Hospital

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिना भित्र चुनाव गर्नका लागि कार्तिक २६ र मङ्सिर ३ गते चुनावको मिति तोकेको थियो ।

चुनावका लागि आयोगले कार्यक्रमहरू अघि बढाए सँगै सरकारले बजेट छुट्याएको थियो ।