गोदावरी / कैलालीको मटकौनाबाट पाटेबाघको छालासहित प्रहरीले दुई जना पक्राउ परेका गरेको छ ।
पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका –५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुुहा नगरपालिका –१ का लोकेश सिजापति रहेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले मङ्गलबार कैलालीको गौरीगङ्गा नगरपालिका –७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको को जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ छ फिट सात इन्च भएको पाटेबाघको छाला फेला परेको हो ।
पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।