इलाम / इलामको फाकफोकथुममा एक पुरुषको शव फेला परेको छ । फाकफोकथुम–२ गोलेगाउँ निवासी
अन्दाजी ५८ वर्षीय दानबहादुर तामाङ (गैरीघरे माइला) को शव फेला परेको हो ।
सोमबार दिउँसो स्थानीयवासीले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।
फाकफोकथुम–२ को पुतलीखर्क भन्ने
स्थानमा मृतावस्थामा बाटोमा भेटिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय
इलामले जानकारी दिएको छ ।
एकतप्पा प्रहरी चौकीको टोलीले अनुसन्धान गरिरहेको भए पनि के कारणले मृत्यु
भयो भन्ने खुल्न सकेको छैन । घटनाका विषयमा थप
अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
शवको पहिचान भएपश्चात परीक्षणका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको
जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले इलामले
जानकारी दिएको छ ।