मकवानपुर / मकवानपुरका फरक दुई स्थानमा दुई जनाको शव फेला परेको छ । बिहान ७ : ३० बजे गाउँपालिका३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए।

OM Sai Pathibhara Hospital

त्यसैगरी हेटौँडा उपमहानगरपालिका२ सङ्गमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृतावस्थामा फेला परेका छन् । दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भनिने ५० वर्षीय पुरुषको शव बिहान ७ बजे फेला परेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिएका छन्। डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन ।

दुवै शव परीक्षणका लागि हेटौँडा अस्पताल लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।