स्वास्थ्य

    Showing ८७१-८८० of २,५०८ items.
  • स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ ।  यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ४१२ पटक पढिएको
  • काभ्रेमा सोह्र हजार छात्रालाई एचपिभी खोप लगाइने

    काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप जिल्लामा दुई चरणमा लगाइने भएको हो । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेक

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २९६ पटक पढिएको
  • महोत्तरीमा बढे कुष्ठरोगी

    महोत्तरी । सघन उपचार प्रबन्ध गर्दै आइए पनि महोत्तरीमा भने कुष्ठरोगीको सङ्ख्या बढ्दो छ । पछिल्लो एक वर्ष (२०८० माघदेखि २०८१ पुससम्म) मा सयजना नयाँ कुष्ठरोगी पहिचान भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसपालिको ७२औँ कुष्ठरोग दिवसका अवसरमा कार्यालयले सो जानकारी सार्वजनिक गरेको छ ।  नयाँ पहिचान भएका रोगीमा पुरुष र महिलाको सङ्ख्या झन्डै हाराहारीजस्तो छ । नयाँ रोगीमा पुरुष ५४ र महिला ४६ पुष्टि भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले जानकारी दिए । गत वर्ष २०८० को कुष्ठरोग दिवस मनाइँदा नयाँ कुष्ठरोगीको सङ्ख्या ८७ जना थियो ।यसपालि पहिचान भएका नयाँ रोगीमा ७३ बाट अन्यमा सर

    • प्रकाशित मितिः माघ १४, २०८१
    • २९६ पटक पढिएको
  • पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा

    तुलसीपुर । दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने उनले बताए ।यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ ।कार्यक्रमका लागि पालिकाभित्रका विभिन्न

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ३५९ पटक पढिएको
  • स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने

    भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो । 

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ४२९ पटक पढिएको
  • बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूले प्रारम्भिक रूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको छ । जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए÷नभएको परीक्षण अनिवार्य गर्नेगरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका–२०८१ स्वीकृत गरिएको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ देशभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेका हुन् । मन्त्री पौडेलले भने, ‘बालबालिकाको जन्मजात सुन्न नसक्ने अप

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ३२० पटक पढिएको
  • चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

    काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको सहिद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ । उनका अनुसार सुर्तीजन्यपदार्थको सेवन

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ४५१ पटक पढिएको
  • भोजपुरमा साढे आठ हजारलाई एचपिभी खोप लगाउने तयारी

    टक्सार (भोजपुर) । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ । खोप कार्यक्रम सञ्चालनका लागि अहिले पालिकास्तरीय खोप कार्यकर्तालाई तालिम पनि सञ्चालन भइरहेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेका यहाँ आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै, ८१  स्वास्थ्य संस

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २७७ पटक पढिएको
  • बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय

    कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ ।प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचारका लागि आउने बिरामीलाई अटुट सेवा दिनुपर्ने आवश्यकता भएपछि शनिबारलगायत अन्य बिदाको दिन पनि सेवा दिने कार्य गरेको जानकारी दिए ।उनले भने, ‘कुनै बिरामीको लगातार उपचार गर्नुपर्ने हुन्छ, बिरामीलाई उपचारका क्रममा बीचमा कुनै दिन ‘ग्याब’ राखेर उप

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ३३३ पटक पढिएको
  • सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

    म्याग्दी । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको रु २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो । सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ । वडास्तरका स्वास्थ्यचौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, परामर्श, खोप सेवा प्रवाह हुने बेनी नगरपालिकाको जन

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ३६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.