स्वास्थ्य

    Showing 2,031-2,040 of 2,140 items.
  • दुई सङ्क्रमितको मृत्यु

    पर्सा/ वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए। उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्द

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 96 पटक पढिएको
  • पुर्वी नाकामा खतरा : सिमा क्षेत्रमा पीसीआर रिर्पोटको खुला किनबेच

    बिर्तामोड / कोरोना महामारी नियन्त्रणका लागि भन्दै स्थानिय प्रशासनले पुर्वी नाकाबाट नेपाल प्रवेशमा पीसीआर रिर्पोट अनिवार्य गरेपछि सिमा क्षेत्रमा नक्कली रिर्पोटको खुला रुपमा किनबेच सुरु भएको छ ।भारतमा कोरोना महामारी नियन्त्रणमा सरकार असफल बनेपछि डराएका भारतीय नागरीकहरु स्वास्थ्य सुरक्षाका लागि नेपाल आउन थालेको सुचना पछी गुप्तचर खबरको न्युज टिमले गरेको स्थलगत अध्यनमा सिमा क्षेत्रमा खुला रुपमा पीसीआर रिर्पोट किनबेच हुने गरेको पाईएको हो । नेपाल प्रवेश गरिरहेका भारतीयहरुले भारतको पानीट्याङ्की र सिलीगुडी क्षेत्रका सडकमा खटिएका बिचौलियासँग नक्कली पीसीआर रिर्पोट खरिद गरी सिमा नाकामा सोही रिर्पोट द

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 547 पटक पढिएको
  • अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ  / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।  स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले  भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राच

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 103 पटक पढिएको
  • कोरोनाका कारण भयावह अवस्था आयो , सरकार निषेधाज्ञाको तयारीमा

    बिर्तामोड / स्वास्थ्य मापदण्डको आफैं उलंघन गरेर गतिविधि गरीरहेको सरकार अन्तिम समयमा आएर निषेधाज्ञाको तयारीमा जुटेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन विपरीत गतिविधी गरिरहेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरुको नै सामाजिक संजालमा आलोचना हुन थालेपछि अन्तिम समयमा आएर सरकार निषेधाज्ञाको तयारीमा जुटेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लामा ५ सय संक्रमित भए निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेसँगै काठमाडौं लगायत ९ जिल्लामा निषेधाज्ञा जारी हुने भएको हो । काठमाडौं सहितका जिल्लामा संक्रमतिको संख्या ५ सय नाघिसकेको छ । अहिलेसम

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 165 पटक पढिएको
  • सय जनाको परिक्षण गर्दा ३३ जनामा कोरोना

    बिर्तामोड / नेपालमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा  ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको हो ।देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २ सय ९२ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा गरिएको कूल परीक्षण र संक्रमण संख्याको अनुपात हेर्दा १०० जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पाईएको छ ।संक्रमणसँगै मृत्युदर पनि वढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । क

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 147 पटक पढिएको
  • चौबीस घण्टामा २८ सङ्क्रमितको मृत्यु, तीन हजार ३२ सङ्क्रमित थपिए

    बिर्तामोड / नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ११९ जना सङ्क्रमित भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उनका अनुसार काठमाडौंमा सबैभन्दा

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 371 पटक पढिएको
  • ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

    वाग्मती / कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’  सञ्चालनमा आएको छ  । प्रदेश सरकारको मातहत रहेको  हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो  ।सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार  उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ । ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 84 पटक पढिएको
  • भारतमा एकैदिन साढे तीन लाख सङ्क्रमित

    बिर्तामोड(एजेन्सी) भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।   यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६ सय २४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । यो सँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५ सय ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 124 पटक पढिएको
  • कोरोनाका कारण पूर्वराजा – रानी अस्पताल भर्ना

    काठमाडौं  /पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल तथा पूर्वअधिराजकुमारी कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । केही दिनयता होम आइसोलेशनमा बस्दै आएकी उनीहरुको स्वास्थ्य समस्या देखिएपछि शबिनार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।अस्पताल भर्ना हुने क्रममा पूर्वरानी कोलम ओपिडी वार्डको अगाडि खुड्किलो चढ्नेक्रममा लड्न खोजेकी थिइन् । यसबाट समेत कोरोना संक्रमणका कारण पूर्वराजा, रानीको स्वास्थ्य निकै बिग्रिएको अनुमान गर्न सकिन्छ ।यसअघि निर्मलनिवासमै आइसोलेशनमा बस्दै आएका उनीहरु तीनै जनाको स्वास्थ्य बिग्रिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको पूर्व राजाका संवाद सच

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 119 पटक पढिएको
  • जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

    बझाङ / भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनि भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैैजाँदै गर्दा बाटोमै मृत्यु भयो । कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन् । त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रह

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 140 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा