स्वास्थ्य

    Showing 2,021-2,030 of 2,450 items.
  • अक्सिजन अभाव : सुत्केरी सहित पोखरामा ७ जनाको मृत्यु

    पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण  ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।सरकारले अक्सिजनको अभाव नरहेको दावी गरीरहेको समयमा देशकै ठुलो स्वास्थ्य प्रतिष्ठान मातहतको अस्पतालमा अक्सिजन अभावमा बिरामीको मृत्यु भएको विषय सार्वजनिक भएको हो । केहि दिन अघि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावका कारण विरामीको मृत्यु भएको विषय सार्वजनिक भएको थियो ।अस्पतालले विगत केहि दिन यता सुरु भएको अक्सिजन अभावका कारण सुत्केरी सहित ७ जनाको मृत्यु हुन गएको स्विकार गरेको छ । अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा। शरदचन्द्

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 194 पटक पढिएको
  • पत्रकार न्यौपानेको संक्रमणबाट मृत्यु

    बिर्तामोड / ईटहरीस्थित सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा ब्रोडकास्टिंग एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान कोरोना संक्रमणबाट निधन भएको छ ।उनी बिराटनगरको बिराट मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा भेन्टिलेटरमा उपचाररत थिए । सुनसरीको ईटहरी उपमहानगरपालिका घर भएका ५० बर्षीय न्यौपानेको अहिले बिहान साढे ८ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । उनको फोक्सोमा समस्या देखीएपछी कलकत्ताबाट औषधी ल्याएर बिहिबार उपचार थालिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । न्यौपाने ला

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 142 पटक पढिएको
  • अक्सिजन प्लान्टका लागि एक करोड ३५ लाख सहयोग

    भक्तपुर / नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न लागि विभिन्न सहकारी संस्था, सङ्घसंस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा बिहीबार मात्र रु ७१ लाख ३१ हजार ९२७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा यही जेठ ५ देखि १३ गतेसम्ममा रु एक करोड ३४ लाख ६९ हजार ६२५ सहयोग प्राप्त भएको छ ।भक्तपुर नपाभित्रका सहकारी संस्थाबाट बिहीबार प्राप्त सहयोगमा सदिच्छा बचत तथा ऋण सहकारी संस्थाबाट रु ११ लाख ११ हजार १११, दियालो बचत तथा ऋण सहकारी संस

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 183 पटक पढिएको
  • उपत्यकामा संक्रमितको संख्या पुनः वृद्धि

    काठमाडौं / बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा बिहीबार २ सय ४५ नयाँ संक्रमित थपिएका हुन् ।बिहीबार काठमाडौँ जिल्लामा १ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ सय ६४ तथा भक्तपुरमा २ सय ६५ जना संक्रमित थपिएका छन् ।बुधबार काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा १ हजार १३९, ललितपुर २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका थिए ।

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 149 पटक पढिएको
  • आज ६ हजार ९३९ जनामा संक्रमण पुष्टि, ७ हजार २२६ जना निको भए

    बिर्तामोड / देशभर आज थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार निको भएका ७ हजार २२६ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या  ४ लाख १८ हजार ८२९ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ।यस्तै  पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या  ५ लाख ४२ हजार २५६ पुगेको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 212 पटक पढिएको
  • भारतमा दैनिक संक्रमण दर घट्ने क्रम जारी

    काठमाडौँ / कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।भारतमा हाल कोभिड –१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभि

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 146 पटक पढिएको
  • संक्रमितलाई घरमै उपचारको व्यवस्थापन गर्दै गाउँपालिका

    बनेपा / कोभिड –१९ को सङ्क्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना सङ्क्रमित बिरामीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष दीननाथ गौतम घरदैलोमा पुगेका छन् । होमआइसोलेसन र अस्पताल आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा खटिरहेको गाउँपालिकाले जनाएको छ ।काभ्रेपलाञ्चोकको कोशीपारि स्थित चौँरीदेउराली गाउँपालिकाभित्र होमआइसोलेसनमा बसिरहेकाका लागि गाउँपालिकाले सक्ने आवश्यक सामग्री जुटाउने र सहयोगी दातासम्म पनि आग्रह गर्दै सेवामा समर्पित हुने गरेको गाउँपालिका अध्यक्ष गौतमले बताए । अध्यक्ष गौतम स्वास्थ्यकर्मी र औषधि बोकेर वडा नं ७ मादनकुँडार

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 135 पटक पढिएको
  • ‘इच्छुक’ १९औँ स्मृतिमा स्वास्थ्य सामग्री वितरण

    फुङ्लिङ / प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को १९औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर ताप्लेजुङले स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाल पत्रकार महासङ्घलाई स्यानिटाइजर चार लिटर, मास्कलगायत स्वास्थ्य सामग्री  सेन्टरले उपलब्ध गराएको छ । ताप्लुेजुङमा कार्य क्षेत्र बनाएर समाचार सङ्कलन गर्ने पत्रकार सबैका हातहातमा पुग्ने गरी एकमुष्ट महासङ्घलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।  नागरिकलाई सचेत गराउने पत्रकारको दायित्व भएको छ भन्दै  सुरक्षित भएर समाचार सङ्कलन गर्नका लागि  स्वास्थ्य  सामग्री महासङ्घमार्फत पत्रकारलाई उपलब्ध गराइएको प्रेस सेन्ट

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 145 पटक पढिएको
  • कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ

    धनगढी / नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा  मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका घटना घट्नुले पनि मानिसहरूमा डर पैदा गराउने भएकोले यस अवस्थामा एकले अर्काको हौसला बढाउनुपर्ने जानकारहरू बताउँछन् । महामारीको समयमा हौसला र प्रेरणा अति आवश्यक हुने गर

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 205 पटक पढिएको
  • पाँचथरमा सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत

    पाँचथर / यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 137 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.