पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण  ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सरकारले अक्सिजनको अभाव नरहेको दावी गरीरहेको समयमा देशकै ठुलो स्वास्थ्य प्रतिष्ठान मातहतको अस्पतालमा अक्सिजन अभावमा बिरामीको मृत्यु भएको विषय सार्वजनिक भएको हो । केहि दिन अघि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावका कारण विरामीको मृत्यु भएको विषय सार्वजनिक भएको थियो ।

OM Sai Pathibhara Hospital

अस्पतालले विगत केहि दिन यता सुरु भएको अक्सिजन अभावका कारण सुत्केरी सहित ७ जनाको मृत्यु हुन गएको स्विकार गरेको छ । अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा। शरदचन्द्र बरालले विगत तिन दिन यता हाईफ्लो अक्सिजन प्रयोग भइरहेकाले अक्सिजन अभाव भएको जानकारी गराएका छन् । उनले अस्पतालमा भएका सवै हाईफ्लो प्रयोग हुँदा अक्सिजन अभाव भएको बरालले बताएका छन् ।

अस्पतालमा हाल ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पछील्लो ७ जनाको मृत्युसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ ।