फुङ्लिङ / प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को १९औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर ताप्लेजुङले स्वास्थ्य सामग्री वितरण गरेको छ । 

नेपाल पत्रकार महासङ्घलाई स्यानिटाइजर चार लिटर, मास्कलगायत स्वास्थ्य सामग्री  सेन्टरले उपलब्ध गराएको छ । ताप्लुेजुङमा कार्य क्षेत्र बनाएर समाचार सङ्कलन गर्ने पत्रकार सबैका हातहातमा पुग्ने गरी एकमुष्ट महासङ्घलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।  

OM Sai Pathibhara Hospital

नागरिकलाई सचेत गराउने पत्रकारको दायित्व भएको छ भन्दै  सुरक्षित भएर समाचार सङ्कलन गर्नका लागि  स्वास्थ्य  सामग्री महासङ्घमार्फत पत्रकारलाई उपलब्ध गराइएको प्रेस सेन्टरका केन्द्रीय सदस्य प्रयास पन्दाकले बताए ।

देशभर कोभिड –१९बाट सङ्क्रमित पत्रकारको  स्वास्थ्यलाभको कामना व्यक्त गर्दै इच्छुकले नेपाली पत्रकारितामा दिएको योगदानलाई सबैले सम्मान गर्नुपर्ने  पन्दाकले बताए ।