बिर्तामोड / देशभर आज थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिहीबार निको भएका ७ हजार २२६ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या  ४ लाख १८ हजार ८२९ जना पुगेको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ।

यस्तै  पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या  ५ लाख ४२ हजार २५६ पुगेको छ ।