बिर्तामोड / ईटहरीस्थित सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा ब्रोडकास्टिंग एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान कोरोना संक्रमणबाट निधन भएको छ ।

उनी बिराटनगरको बिराट मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा भेन्टिलेटरमा उपचाररत थिए । सुनसरीको ईटहरी उपमहानगरपालिका घर भएका ५० बर्षीय न्यौपानेको अहिले बिहान साढे ८ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।

OM Sai Pathibhara Hospital

शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । उनको फोक्सोमा समस्या देखीएपछी कलकत्ताबाट औषधी ल्याएर बिहिबार उपचार थालिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । 

न्यौपाने लामो समयदेखि ईटहरीस्थित सप्तकोशी एफएमका स्टेशन म्यानेजर थिए । इसोल मिडियाय प्रा. ली. परिवारको तर्फाबाट हार्दिक श्रदान्जली तथा परिवारजनमा समवेदना  ।