स्वास्थ्य

    Showing 1,761-1,770 of 2,450 items.
  • अब चार अस्पतालबाट खोप प्रमाणीकरण

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिएका छन् । उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गरिएको जानकारी दिएका छन् । थप तीन अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 142 पटक पढिएको
  • लुम्बिनीमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान

    लुम्बिनी / विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेशको नेतृत्वमा यस वर्ष आज बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानको शुरुआतका क्रममा डा राजेशले विश्वभरि नै कोभिडको महामारीले जनमानसको स्वास्थ्यमा थप चुनौती पैदा भएको अवस्थामा वाक द टक कार्यक्रमको महत्व झनै बढेको बताएका

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 176 पटक पढिएको
  • ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

    चितवन / जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिएका छन् । हालसम्म चितवनको

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 201 पटक पढिएको
  • चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौँ आइपुग्यो

    काठमाडौं / चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अपरान्ह चार बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।निगमको जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः भोलि बेइजिङ जाने कार्यक्रम छ । खोप ल्याएर जहाज आइतबार दिउँसो फर्कनेछ ।

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 143 पटक पढिएको
  • देशभर थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ। गत २४ घण्टामा १ हजार ६७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ। उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 157 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: थप ८४७ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।२ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट  ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।    

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 154 पटक पढिएको
  • सामाजिक सञ्जालमार्फत रकम जुटाएर एम्बुलेन्स सञ्चालन

    वालिङ / सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसी भञ्ज्याङ (आसा) ले सामाजिक सञ्जाल मार्फत सङ्कलन भएको रकमबाट सुविधा सम्पन्न एम्बुलेन्स बिहीबारदेखि सञ्चालनमा आएको हो ।सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जापानमा बस्दै आउनुभएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तप दिने गरी संस्थागतपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष देवेन्द्रदेव खनालले बताएका छन्। तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीक

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 154 पटक पढिएको
  • निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो

    काठमाडौँ / निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा  सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 131 पटक पढिएको
  • कोरोना संक्रमण फेरि बढ्यो, अब तेस्रो लहर फैलिने जोखिम

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको ‘चेतावनी’ दिएको छ। मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने ‘चेतावनी’ दिएको हो। निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ । काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको मन्त्राल

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 159 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: आज थप ४५८ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जनामाकोरोना संक्रमण पुष्टी भएको छ। १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन्

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.