विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जनामाकोरोना संक्रमण पुष्टी भएको छ। १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २, ताप्लेजुङ, भोजपुर र खोटाङमा ११ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् ।

आज ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ ।